काठमाडौँ । डिशहोम इन्टरनेटले आफ्नो सेवा विस्तारको क्रममा अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले आउँदो एक बर्षका लागि रायमाझीलाई नियुक्त गरेको हो ।
यस निर्णयमार्फत कम्पनीले आफ्नो इन्टरनेट सेवाको बजार सुदृढ पार्न र नयाँ ग्राहकहरूलाई आकर्षित गर्न चाहेको बुझिएको छ।
सम्झौतामा दिव्या रायमाझीले कम्पनीको प्रचार प्रसारमा सहभागी भइ नयाँ योजनाहरूको जानकारी दिनेछिन् ।