Skip to content

रास्वपाको उट्पट्याङ गतिविधिमा संसद अलमलिन हुदैँन : पूर्ण बस्नेत

nmb bank inside

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संसदलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्रीडास्थल बन्न दिन नहुने बताएका छन् । रास्वपाले गर्ने कार्यहरु सार्वजनिक खपत र चर्चाका लागि हुने भन्दै रास्वपाको उट्पट्याङ गतिविधिमा संसद अलमलिन नहुने बताएका हुन् ।

संसद चल्न नदिन अपनाएको विरोधको रास्वपा शैलीप्रति कटाक्ष गर्दै बस्नेतले नेपालको राजनीतिमा को कसरी कतिसम्म नाङ्गिन सक्छ भन्ने कुरा जनताले राम्ररी ठम्याइसकेको दाबी गरे । उनले भने, ‘रास्वपाको नैतिकताको जामाले कसैको लाज छोपिने अवस्था छैन ।’
जनताका ज्वलन्त मुद्दामा केन्द्रित हुनुपर्ने संसद अवरुद्ध भइराख्ने अवस्थाले मुलुकमा संसदीय व्यवस्थाको विकल्पमा राष्ट्रपतिय शासन प्रणालीमा जानुपर्ने आवश्यकता प्रष्ट्याएको उनको जिकिर छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्