काठमाडौँ।ललितपुर जिल्लाको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय : बाह्रै महीना हरियो देख्न सकिन्छ । गोदावरीमा हरियाली , रंगीबिरंगी फूलहरू र शान्त वातावारणसँगै चराचुरुङ्गीको आवाजमा रमाउन पर्यटन हरूको निकै भिड लाग्ने गर्छ।
दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि वि. स २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यान मध्येको सबैभन्दा पुरानो हो । ८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरू आउँछन् । पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्।
ऐंसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान। बाँकी तस्विरमा हेर्नुहोस् :