Skip to content

सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर (फाेटाेफिचर)

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दैे काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

व्यवसायीहरुले देशभरका आफ्ना पसलमा कालो व्यानर राखेर कतिपय ठाउँमै पसल नै बन्द समेत गरेका छन् । उनीहरुले आजै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र समेत बुझाएका छन् ।बाँकी तस्विरमा हेर्नुहाेस् :

 

arrow प्रतिक्रिया दिनुहोस्