काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको बिहानैदेखि भीड लागेको छ।
साउने सोमबार भगवान शिवको प्रिय दिन भएकाले पशुपतिनाथमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ । साउनकाे पहिलाे साेमबार आज ब्रत बसेर भक्तजनहरू दर्शनका लागि पशुपति मन्दिर पुगेका छन् ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिने शास्त्रीय मान्यता समेत रहेको छ । बाकिँ तस्विरमा हेर्नुहोस् :