Skip to content
nabil bank inside

एसईई पास भएका विद्यार्थीलाई कम्प्युटर र सिलाइ तालिम

nmb bank inside

काठमाडौँ । मुगुमा एसइइ पास भएर आर्थिक अभाभले उच्च शिक्षा तथा प्राबिधिक शिक्षा लिनबाट बन्चित युवाहरुलाई कम्प्युटर र सिलाइकटाइ तालिम दिइएको छ ।गुड्नेवर इन्टरनेशनलको आर्थिक सहयोगमा किडाक नेपालको सहयोगमा १४ जनालाई आधारभुत तीन महिने कम्प्युटर र ११ जनालाई पहिलो चरणको सिलाइकटाइ तालिम दिइएको हो ।

गुड्नेवर इन्टरनेशनलले आर्थिक सहयोगमा किडाक नेपालले तल्लो कक्षादेखि एसईईसम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र लता कपडा सहयोग गर्दै आएको थियो ।कम्प्युटर शिक्षाले आधारभूत ज्ञान मात्र दिएको छैन् व्यवहारमा लागू गरेर आत्मनिर्भर हुन सहयोग पुर्याएको छाँयानाथ रारा नगरपालिका १३ बस्ने मुन बहादुर लावडले बताए ।

उक्त संस्थाहरुले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनका लागि कम्प्युटर र सिलाईकटाई तालिमको निशुल्क, खाना, बास बस्न, यातायात खर्च, तालिममा प्रयोग हुने सामाग्री सहयोग गरेको छ । संस्थाहरुको सहयोगले हामीहरुलाई ठूलो सहयोग पुगेको ममता कुमाईले बताइन् ।प्रशिक्षक नरेश शाहीका अनुसार प्रत्यक्ष मात्र नभइ अप्रत्यक्ष रुपमा फोनबाट पनि कसैले ज्ञान लिन चाहे बताइदिने गरेका छौं ।

समन्वय समिति उपप्रमुख नैली कार्कीले सिकेको सीप प्रयोगमा ल्याई आत्मनिर्भर रहन आग्रह गरिन् ।परीक्षा सकेर घरमै बसिरहेका विद्यार्थीहरुलाई आयआर्जनबाट आत्मनिर्भर बन्नका लागि मुगुका तीन स्थानीय तहबाट गरिब बिपन्न बर्गका १४ जनालाई कम्प्युटर आधारभुत शिक्षा र ११ जनालाई सिलाईकटाइ तालिम प्रदान गरिएको किडाक नेपाल मुगुका प्रमुख कर्णजङ्ग शाहीले बताए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्