Skip to content
nabil bank inside

मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

nmb bank inside

काठमाडौँ । गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै भौतारिए । कुनैपनि सहकारीको शेयर सदस्य नभएकाले उनले धानमा हाल्नका लागि मल पाएनन् । उनको खेतमा धान पहेँलै छ । ‘यसपाली भात खान नपाइने भयो’, उनले भने ।

‘सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्,’ उनले भने, ‘पहिले पर्याप्त मल आउँदा दिन्थे अहिले हामीलाई मल दिँदैनन् ।’ सरकारले पठाउने अनुदानको मल सहकारीमार्फत विक्री गर्ने सरकारको नीति छ । तर सहकारीको साधारण सदस्यले मल नपाई सर्वसाधारणले रासायनिक मल पाउँदैनन् ।सहकारी संस्थाहरूमा नै मल न्यून गएको हुँदा एक किसानले पाँच केजीसम्म युरिया बाँडेर लगेका छन् ।

एक बिगाह खेत हुने किसानले पाँच किलो मल लगेको गुलरिया नगरपालिका वडा नं ३ मा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणी कंडेलले बताए ।सरकारले पठाउने मल पर्याप्त नहुँदा बर्दिया जिल्लामा यस बर्ष धान खेतीको लागि युरिया हाहाकार भएको छ । गत बर्ष सरकारको मल अपर्याप्त भएपनि कृषकहरूले भारतीय सिमावर्ती बजारबाट मल खरिद गरेर ल्याउने गरेका थिए ।यस बर्ष भारतीय बजारमा समेत मल पाउन छाडेपछि किसानहरू झन् मर्कामा परेका छन् । ‘पहिले पहिले भारतबाट अवैधरुपमा मल ल्याएर हाल्ने गरेका थियौँ’ नाम उल्लेख नगर्ने शर्तमा एक किसानले बताए ।

उनले थप भने, ‘यस बर्ष भारतीय बजारमा समेत मल पाइएन त्यसैले पनि मल हाल्न पाइएन, धान रोप्दा थोरै थोरै डिएपी हालेको थिएँ अहिले युरिया त हाल्नै पाएन ।’मलको अभावमा किसानका खेतहरू पहेँला देखिन थालेका छन् । सिचाइ अभाव खेप्दै आएका बर्दियाका किसान रासायनिक मलको अभाव पनि खेपीरहेका छन् । पर्याप्त रासायनिक मल नहुँदा यस बर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले यस बर्ष रासायनिक मलको चरम अभाव भएको बताए ।रासायनिक मलको अभावले गर्दा धानको उत्पादनमा कमी आउने अनुमान गरिएपनि कति घट्छ भन्ने यकिनका साथ भन्न नसकिने उनले बताए ।बर्दिया जिल्लामा करिब ५१ हजार हेक्टरमा धान खेती हुने गर्दछ । प्रमुख ढकाललका अनुसार बर्दिया जिल्लामा बार्षिक १२ हजार मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन युरियाको माग हुँदै आएको छ ।जसमध्ये ५० प्रतिशत मल मात्र बर्दियामा उपलब्ध हुँदै आएको छ । गत बर्ष सम्म किसानले भारतीय बजारबाट मल ल्याउने गरेपनि यस बर्ष भारतीय बजारमा समेत मल पाइएको छैन ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्