Skip to content
nabil bank inside

टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कारागारबाट फरार

nmb bank inside

काठमाडौँ। टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका खुलेको छ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलाशा भएको  हो ।

सुन्धारा कारागारमा रहेका उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना पुगिसक्दा पनि उनि कारागार फिर्ता भएका छैनन्। कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरुको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा लामाको पनि नाम रहेको  छ ।

उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद भएपछी ४ चैत २०८१ मा टोखाबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो  ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्