काठमाडौं । काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।आइतबार राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीको टोली पुगेको थियो । तर प्रहरीसँगको संवादपछि महानगरपछि हटेको हो । तर सोही क्षेत्रमा रहेका अन्य संरचनामा डोजर चलाइएको हो ।
प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीटोली त्यहाँ पुगेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।नगरप्रहरी नायव उपरिक्षक पूर्णचन्द्र भट्टले सरकारी जग्गामा बिना टेन्डर पसलहरु सञ्चालनमा ल्याइएकोले डोजर चलाएको बताए ।
‘बिना टेन्डर प्रकृया नै पसलरु सञ्चालन गरिएका थिए । सरकारी जग्गामा सानो एउटा खाजा पसल खोल्न त टेन्डर चाहिन्छ । यहाँ चाँही उसै टीका लगाएर दिने हो र ? भट्टी पसल खोलेर बस्नुभएको छ अझ । नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन ।’ बाकीँ तस्विरमा हेर्नुहाेस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्