काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कारबाहीमा परेको नेशनल लाइफ इन्स्योरेन्सले अर्थमन्त्रीलाई ‘फर्जी चेक’ हस्तान्तरण गरेर प्रचार गर्ने प्रयास गरेको खुलासा भएको छ । कम्पनीले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने बहानामा अर्थमन्त्रीलाई फेक चेक थमाएर फोटो खिच्दै प्रचार प्रसार गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको लोगो अंकित एक करोड रुपैयाँ लेखिएको प्रचारात्मक चेक अर्थमन्त्रीलाई थमाएका थिए । तर, वास्तविक रकम भने कम्पनीले छुट्टै रूपमा कोषमा जम्मा गरेको बताइएको छ ।
नेशनल लाइफका एक अधिकारीका अनुसार सीईओ खत्रीले अर्थमन्त्रीले आफैं चेक ग्रहण गर्ने सहमति जनाए मात्र सहयोगको प्रक्रिया अघि बढाउने अडान लिएका थिए । अर्थ मन्त्रालयका अधिकारी त्यसमा राजी भएपछि उक्त विषय कम्पनीको सञ्चालक समितिमा अनुमोदनका लागि पेश गरिएको थियो ।
यो घटनापछि सरकारी कार्यक्रमलाई निजी प्रचारको माध्यम बनाएको भन्दै कम्पनी र अर्थमन्त्री दुवैलाई चौतर्फी आलोचना भइरहेको छ । आलोचकहरूले “कारबाहीमा परेको कम्पनीसँग प्रचारात्मक शैलीमा सहयोग ग्रहण गर्नु नै गलत सन्देश दिने कार्य” भएको टिप्पणी गरेका छन् ।
क्गचबव
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्