काठमाडौँ – ऋणी एसोसियसनका अध्यक्ष देवी संग्रौला ले नेपालको सबैभन्दा ग्राहक असन्तुष्ट बनाउने र समस्याप्रद बैंकको रुपमा एनआईसी एशिया बैंक को नाम लिएका छन् । उनले बैंकले ग्राहकहरुलाई प्रत्यक्ष र सोझै सबैभन्दा बढी दु:ख दिने गरेको दाबी गरेका छन्।
संग्रौलाका अनुसार, एनआईसी एशिया बैंकले खुलेआम ठगी गर्ने कार्य गर्दै आएको छ र ऋणीहरुबाट अत्यधिक ब्याज र अतिरिक्त शुल्क लिने गरेको अनुभव साझा गरे। उनले बैंकले नियमित रूपमा कागजातमा अनियमितता, ब्याज दरमा मनपरी र ऋणीको हकमा बेवास्ता गर्दै आएको आरोप लगाए ।
ग्राहकले बैंकमा पैसा राख्दा वा ऋण लिँदा आफ्नो अधिकार र सुरक्षाको पूर्ण संरक्षण पाउनु पर्नेमा एनआईसी एशिया बैंकमा यस्तो अवस्था नरहेको उनको दाबी छ । यस अवसरमा उनले सरकार र नियामक निकायलाई पनि सक्रिय भएर ग्राहक अधिकार संरक्षण गर्न आग्रह गरेका छन् । उनको यो बोलीले एनआईसी एशिया बैंकमाथि ग्राहक असन्तुष्टि, ऋणी अधिकार उल्लंघन र बैंकिङ प्रणालीमा पारदर्शिता अभावको गम्भीर प्रश्न उठाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्