Skip to content
nabil bank inside

एनआइसी एशिया : हाकिमले करोडौँ कमाईसके, दिन रात खट्ने अरुको ७ बर्षसम्म बढेन तलव !

nmb bank inside

काठमाडौं । एनआईसी एशियामा कर्मचारीको तलव ७ बर्षसम्म नबढेको पाईएको छ । बिगत ७ बर्षमा हाकिमहरुले करोडौँ कमाउँदा दिनरात खट्ने कर्मचारीहरुको तलव भने ७ बर्षसम्म नबढेको पाईएको हो ।

बैंकका कर्मचारीहरुले आफ्नो तलव ७ बर्षसम्म नबढेको पुष्टि गरे । `कामचाहिँ घण्टा हिसाब गर्ने हो भने हरेक दिनको ओभरटाइम समय जोडेर १४ बर्ष गर्नुपर्ने गरिसकियो, तलव भने ७ बर्षसम्म बढेको छैन ।´ बैंकको एचआर विभागमा कार्यरत एक कर्मचारीले भने ।

यता, हाकिमहरुले भने विभिन्न बहानामा यो ७ बर्षमा करोडौँ कमाईसकेको ती कर्मचारीको दाबी छ । तलव नबढ्दा राम्रो काम गर्ने कर्मचारीहरुलाई मर्का परेको गुनासोसमेत ती कर्मचारीको छ । ‘हामीलाई रात दिन खटाइयो । विहानदेखि अवेर रातीसम्म काम गरियो । तर ७ बर्ष यसरी काम गराउँदा हाकिमले मनग्य कमाए, हाम्रो तलव १ रुपैयाँसमेत बढेन ।’ ती कर्मचारीले भने -‘अन्तिममा बैंक पनि टाँट पल्टिने अवस्थामा पुग्ने बेला भईसक्यो, हाम्रो करियर पनि जहींको त्यहीँ ।’

बैंकको यस्तो स्थिति हुँदा नयाँ सिइओ सुजित शाक्य भने अझै अरु खर्च घटाउने र आफुलाई सिइओ बनाउन सबैभन्दा बढी भूमिका खेलेका दुईलाई डेपुटी सिइओमा बढुवा गराउने तयारीमा छन् । बढुवाको आश्वासन दिएर नै शाक्यले आफुलाई सिइओ बनाईदिन लविङ गरेका थिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्