Skip to content

विपदमा खटिएको बेला सशस्त्र प्रहरीको मृत्यु भए एक तह बढुवा र पेन्सन दिइने

nmb bank inside

काठमाडौँ। अब विपदमा खटिएको समयमा सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो।

सरकारको यो निर्णयसँगै अब विपदमा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा हुनुका साथै उनको परिवारले पारिवारिक निवृत्तिभरण पनि पाउने भएका छन्।

यसअघि सशस्त्रको नियमावलीको नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधा दिने उल्लेख थियो।

 

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्