Skip to content

कुमारी बैंकले खनाललाई हटाएर पाण्डेलाई सीइओ बनाउन खोजेको हो ? यसो भन्छ बैंक…

nmb bank inside

काठमाडौँ । कुमारी बैंकका सीइओ रामचन्द्र खनाललाई हटाएर बैंकले बैंकका डेपुटी सीइओ सुधिरनाथ पाण्डेलाई सीइओ बनाउन लागेको चर्चा यतिबेला चुलिएको छ । विदेशी कम्पनीले नेपालका १० बैंकहरुको लेखापरीक्षण गरिरहेको र सोका क्रममा खनालको पर्फर्मेन्स कमजोर भएको पाइएपछि नेपाल राष्ट्र बैंककै पहलमा खनाललाई सीइओबाट हटाउन लागिएको र बैंकका डेपुटी सीइओ सुधिर नाथ पाण्डेलाई सीइओ बनाउन लागिएको चर्चा बैंकरका विभिन्न ग्रुपहरुमा चलिरहेको छ ।

कुमारी बैंकका कतिपय सिनियर कर्मचारीहरुले पनि ‘हामीले पनि त्यहि सुनेको’ भन्ने जवाफ सो ग्रुपमा दिईरहेका छन् । १० बैंकको लेखापरीक्षणका क्रममा सबैभन्दा कमजोर पर्फर्मेन्स देखिएको भन्दै कुमारी बैंकसहित ३ बैंकका सीइओलाई हटाउन राष्ट्र बैंकले तयारी गरिरहेको भन्ने चर्चाका बीच कुमारी बैंकको नामसमेत अगाडी आएको हो ।

पछिल्लो समय बैंकमा गैरकानुनी काम गरेको, फेक रिपोर्ट सार्वजनिक गरेर सेयर लगानीकर्ताहरुलाई डुबाएको, लगायतका आरोप लागिरहेका बेला खनाललाई हटाएर पाण्डेलाई सीइओ बनाउने चर्चा भएको पाइएको हो ।

यता बैंकले भने सो हल्लामा कुनै पनि सत्यता नरहेको दाबी गरेको छ । बैंकका सूचना अधिकारी चन्दन कार्कीले अहिले खनाललाई हटाउने बैंकको कुनै पनि योजना बारे आफुलाई थाहा नभएको प्रष्ट पारेका छन् ।

यता राष्ट्र बैंकका अधिकारीहरुले भने पर्फर्मेन्स रिभ्युका आधारमा केहि सीइओहरु हटाउने योजनामा केन्द्रीय बैंक भए पनि अहिले यो वा त्यो बैंक भनेर रिपोर्ट नै नआईसकेको अवस्थामा भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् । यद्यपी कुनै पनि बैंकको कुनै पनि सीइओलाई बिदा गर्ने कुरामा यसै भन्न नसकिने र चलेको चल्ला सत्य हुन पनि सक्नेसमेत संकेत राष्ट्र बैंकका अधिकारीहरुले गरेका छन् ।

यस विषयमा स्वयम् खनालसँग बुझ्न खोज्दा भने उनको फोन निरन्तर अफ पाइएको छ ।

हाकिमको गलत हठले कालोसूचीमा परेको खातामा पनि कारोबार गर्न दिँदा कुमारी बैंक कारवाहीमा !

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्