Skip to content
nabil bank inside

आज देशका विभिन्न स्थानहरुमा हल्का बर्षा र हिमपातको सम्भावना

nmb bank inside

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर आंशिक बदली भईरहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना समेत रहेको महाशाखाकाले जनाएको छ ।

आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्