नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैँ अपमान गरेको आरोप लगाएकी छिन । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको भन्दै गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उनको आरोप छ । उनले कुनैपनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गरेकी थिइन ।
ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । उनले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउदै महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उनको भनाई छ । अध्यक्ष ओलीले सञ्चार माध्यममा पूर्वराष्ट्रपति भण्डारी चालेका कदमहरुमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएका थिए । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाएकी हुन् ।
उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गर्दै ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताइन । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने पनि उनले बताएकी छिन । ११ औँ महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको भनाई छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्