Skip to content

अब १० लाख डलर तिरेर अमेरिकामा सजिलै भिसा पाउन सकिने

nmb bank inside

काठमाडौँ।  अब धनि व्यक्तिहरुले अमेरिकामा सजिलै बस्न पाउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० लाख डलर तिर्न सक्ने धनि बिदेशी नागरिकलाई अमेरिकामा सजिलै भिसा दिने नियम ल्याएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा १० लाख डलर (करिब १४ करोड ) तिर्न सक्ने धनी विदेशीहरूलाई ‘फास्ट-ट्रयाक’ प्रक्रियाबाट अमेरिकाको भिसा दिने योजना सुरू गरेको बिबिसीले  जनाएको छ। ट्रम्पले यसलाई ‘गोल्ड कार्ड’ योजना भनेका छन्।

बुधबार सामाजिक सञ्जाल मार्फत ट्रम्पले उक्त कार्डले योग्य र परीक्षण गरिएका व्यक्तिहरूलाई नागरिकता पाउन प्रत्यक्ष बाटो खुल्ने बताएका छन्। उक्त कार्ड त्यस्ता व्यक्तिहरुले पाउछँन जस्ले अमेरीकालाई ‘महत्त्वपूर्ण लाभ’ पुर्‍याउन सक्छन्।

 

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्