काठमाडौँ । एनआईसी एशिया बैंकका तत्कालीन कम्पनी सचिव दिपेन कार्कीले बैंककै इण्ट्रन कर्मचारीलाई गरेको यौन दुर्व्यवहार प्रकरणबारे चुईक्क नबोलेको एनआईसी एशिया बैंक कर्मचारी संघ ज्योति बिकास बैंकका कर्मचारी दुर्व्यवहार प्रकरणमा भने बोलेको छ ।
आफ्नै बैंकले कर्मचारीलाई दिएको टर्चरबारेसमेत नबोलेको संघले एक विज्ञप्ति जारी गर्दै ज्योतिमा भएको केसका बारे भने गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
‘कानुनी दायराभित्र रहेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका बैंक कर्मचारीहरूमाथि यस प्रकारको हिंसा र सार्वजनिक अपमान हुनु सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण हो । बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा हो र ऋण असुली कार्य बैंकिङ प्रणालीको अभिन्न अङ्ग हो । यस कानुनी प्रक्रिया अन्तर्गत हुने-गरिएका कर्जा असुली कार्यलाई डर, धाक, धम्की, दुव्र्यवहार वा हिंसाबाट अवरुद्ध गर्नु प्रचलित कानुन अनुसार दण्डनीय अपराध हो ।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ -‘यस्ता गतिविधिहरूमा मौन रहनु भनेको वित्तीय अराजकतालाई प्रोत्साहन गर्नु हो । यस घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर संकट उत्पन्न गर्नुका साथै सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वासलाई पनि कमजोर बनाउने जोखिम बढेको छ ।’
आफ्ना हाकिमले कर्मचारीलाई नै यौन दुर्व्यवहार गरेको प्रकरण बिर्सेको संघले कर्मचारीलाई हुने गरेका आक्रमण भने सम्झेको छ । ‘बिगतमा पनि बैंकिङ सेवामा आबद्ध कर्मचारी लक्षित आक्रमण हुदै आइरहेको प्रति ध्यानाकर्षण गराउदै, यस्ता घटनामा समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नहुने हो भने, बैंकिङ सेवामा आबद्ध सम्पूर्ण कर्मचारीहरू ऐक्यवद्धता जनाउँदै बैंकिङ सेवा अवरुद्ध भइ गम्भीर अवस्था सिर्जना हुन सक्ने बस्तुस्थितिलाई नकार्न सकिन्न ।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्