काठमाडौँ । माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइराला कोशी एक्सीलेन्सी अवार्ड २०८२ बाट सम्मानित भएका छन् ।झापा घर भएका कोइराला बैंकले नै विज्ञापन कारोबार गरिरहेको प्रदेश खबर नामक अनलाइन पोर्टलले आयोजना गरेको कार्यक्रमबाट सम्मानित भएका हुन् ।
यसअघि आफ्नै बैंकका पूर्व अध्यक्षलाई बैंकर्स संघबाट सम्मान दिलाएर विवादमा तानिएका कोइराला, आफैंले विज्ञापन दिएर सिधा आर्थिक कारोबार गरिरहेको संस्थाबाट सम्मान थापेपछि थप विवादमा तानिएका हुन् ।
विज्ञापनदाता नै सम्मानित भएपछि आयोजकमाथि नैतिकताको प्रश्न उठेको छ । यद्यपी अन्य अवार्ड भने राम्रै मान्छेलाई दिईएको चर्चा पनि छ । बैंककी ब्राण्डीङ विभागकी कर्मचारी सुनिता शर्माले प्रदेश खबरसँग बैंकले आर्थिक कारोबार गरेको पुष्टी गरेकी छिन् ।
कोशी प्रदेशको प्रतिष्ठित अवार्ड भनेर प्रचार गरिएको अवार्ड विज्ञापनदातालाई नै दिँदा स्वयम् अवार्डको गरिमामा आँच आएको र अन्य अवार्डजस्तै यो पनि पैसाको सिधा लेनदेन भएको चर्चा सुरु हुन थालेको छ । कतिपयले भने कोइरालाले मागेरै अवार्ड लिईरहेकोसमेत भनिरहेका छन् । यस विषयमा कोइराला र आयोजक दुवैलाई सम्पर्क गर्न खोज्दा दुबै सम्पर्कमा आएनन् ।
यस सम्बन्धि विशेष भिडियो सामाग्री आइतबार
बैंकर्स संघको साधारणसभा : अध्यक्ष भएका बेला कोइरालाले आफ्नै पूर्व अध्यक्षलाई दिलाए सम्मान !
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्