Skip to content

प्रभु लाइफ इन्स्योरेन्सकी अध्यक्ष नै ‘अमेरिकी नागरिक’ !

nmb bank inside

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकि अध्यक्ष शिक्षा भट्टचन अमेरिकी नागरिक भएको तथ्य बाहिर आएको छ । प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनकी छोरी भट्टचन अमेरिकी नागरिक भएको तथ्य बाहिर आएको हो ।

अमेरिकी नागरिक नेपालको कुनै पनि बीमा कम्पनीमा अध्यक्ष, संचालक हुन नपाउने प्रष्ट व्यवस्था कानुनमा छ । बीमा ऐन, २०७९ को दफा ८ (३) (क)ले कम्पनीको संचालक बन्न नेपाली नागरिक हुनुपर्ने गरी गरेको व्यवस्था विपरित भट्टचन अझै कम्पनीको अध्यक्ष बनेको देखिएको छ । सोहि दफाको उपदफा ३ को कमा उल्लेख भएको अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यता सम्बन्धी व्यवस्थाले पनि अमेरिकी नागरिक कम्पनीको अध्यक्ष बन्न नसक्ने प्रष्ट उल्लेख छ । तर नियामकले नदेखेजस्तो गर्ने, र कम्पनीले नसुनेजस्तो गर्ने गरेर भट्टचन गैरकानुनी रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष पदमा बसिरहेको पाइएको छ ।

कम्पनीका अर्का एक संचालकले पनि भट्टचन विदेशी नागरिक भएको पुष्टी गरेका छन् । ‘उहाँ विदेशी नागरिक नै हो । तर बीमा प्राधिकरणलाई मिलाएर उहाँ पदमै बसिरहनुभएको छ ।’ ती संचालकले भने, ‘नेपालको कानुन दैब नै जानुन् भनेको सायद यहि हो । हामीले एक पटक कुरा उठाएको पनि हो, तर हामीलाई नै कम्पनी छोडेर जान भनियो । तर उहाँलाई कम्पनीको पद छोडाउने कुरामा कुनै बिषयमा थप बहस भएन ।’

कमजोर नियमन, बर्ष दिनमा ३ बढी अध्यक्षको कमजोर नेतृत्व लगायतका कारण अहिले बीमा प्राधिकरण आफैँ बिरामी छ । सोहि कुराको फाइदा उठाउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा गैरकानुनी अध्यक्ष हुँदा पनि कम्पनीलाई कारवाही हुन सकेको छैन । भट्टचन कहिलेकाहिँ नेपाल पनि बस्ने गरकी छिन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्