Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बदमासी, सिटिजन लाइफकी अभिकर्तालाई आफ्नो ‘स्टार अफ द मन्थ’ घोषणा !

nmb bank inside

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले अर्कै कम्पनीमा काम गरिरहेकी कर्मचारीलाई आफ्नो स्टार अफ द मन्थ भन्दै दुष्प्रचार गरिरहेको पाइएको छ । कम्पनीले सिटिजन लाइफकी अभिकर्ता लक्ष्मी कुँवरलाई कार्तिक महिनाका लागि स्टार अफ द मन्थ भनेर आफ्नो अफिसियल फेसबुक पेजमा प्रचार गरेको छ । जवकि कार्तिक महिनासम्ममा उनी सिटिजन लाइफकी अभिकर्ता भएको खुलासा भएको छ ।

सिटिजन्स लाइफको ‘बदमासी’ (भाग-२) : नियम मिचेर अभिकर्तालाई कमिसन, बीमा दाबी भुक्तानीमा पनि उग्र ‘कैफियत’ !

सूर्यज्योति लाइफ इन्स्योरेन्सका सूदूरपश्चिम प्रदेश प्रमुख मोहन पुरीलेसमेत कार्तिक महिनासम्ममा लक्ष्मी कुँवर आफ्नो कम्पनीको अभिकर्ता नभएको स्वीकार गरेका छन् । ‘लक्ष्मी कुँवर कार्तिक महिनासम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्सकी कर्मचारी होइन ।’ पुरीले अर्थ खबरसँग भने, ‘कम्पनीले कसरी उनलाई स्टार अफ द मन्थ भन्यो, हामी पनि अचम्मित भएका छौं ।’

सिटिजन्स लाइफको ‘बदमासी’ (भाग-२) : नियम मिचेर अभिकर्तालाई कमिसन, बीमा दाबी भुक्तानीमा पनि उग्र ‘कैफियत’ !

यता लक्ष्मी कुँवरले भने आफु सिटिजनकै कर्मचारी भएका बेला सूर्यज्योतिमा अभिकर्ता रहेका आफ्ना श्रीमानले गरेको कामका आधारमा आफुलाई कम्पनीले स्टार अफ द मन्थ घोषणा गरेको बताएकी छिन् । ‘मेरोचाहिं लाइसेन्स सूर्यज्योतिको होइन । तर मेरो श्रीमानचाहिं सूर्यज्योतिकै अभिकर्ता हो । बुडाको कोडबाट काम गरेको हो ।’

अनि श्रीमानले काम गर्ने, श्रीमती स्टार अफ द मन्थ बन्ने हुन्छ त ? हाम्रो प्रश्नमा कुँवरले भनिन्, ‘सूर्यज्योतिमा हुन्छ । हुने भएर नै त मलाई स्टार बनाएको होला ।’

सिटिजन्स लाइफको बदमासी, झुटो आश्वासन देखाएर बीमा, ग्राहकको सोझोपनको फाइदा उठाएर ठगी प्रयास !

कम्पनीले उनलाई कार्तिक महिनाका लागि स्टार अफ द मन्थ भनेर फेसबुकमा सेयर गरेको छ । जवकि उनी सो समय सूर्यज्योतिको अभिकर्ता नै छैनन् । आफुले गर्दै नगरेको कामको झुटो प्रशंसा गरेर कम्पनीले बनाएको पोष्टर सेयर गर्दै उनले आफु यसबाट निकै खुसी भएको भन्दै फेसबुकमा सेयर गरेकी छिन् ।

‘एमालेको झोले’ बीमा कम्पनीको सीइओ बन्न सक्छ ?

प्रभु लाइफ इन्स्योरेन्सकी अध्यक्ष नै ‘अमेरिकी नागरिक’ !

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्