काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सुनको मूल्य ह्वातै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन ३ हजार १ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आजका लागि नेपालि बजारमा सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ।
कारोबारको अघिल्लो दिन सोमबार सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदीको भाउ तोलामा १ सय १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्