Skip to content

अमेरिकाद्वारा नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित

nmb bank inside

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकहरूको आप्रवासी भिसा (ग्रिन कार्ड) प्रक्रिया अनिश्चितकालका लागि रोक्का गरेको छ । विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ अर्थात राज्यको स्रोतसाधनमाथि भार पर्नसक्ने जोखिमलाई मुख्य कारण देखाउँदै यो निर्णय गरेको हो ।

सन् २०२६ जनवरी १४ मा गरिएको घोषणा अनुसार यो प्रतिबन्ध जनवरी २१ देखि लागू हुनेछ । यस कदमले एशिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका धेरै राष्ट्रहरूलाई प्रभाव पार्नेछ । यद्यपि विद्यार्थी र पर्यटक भिसामा भने तत्काल रोक लगाइएको छैन ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्