काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ। कारोबारको अघिल्लो दिन बिहिबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्