Skip to content

३ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड

nmb bank inside

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा ९ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ।

कारोबारको अघिल्लो दिन बिहिबार सुन तोलामा २९ सय रुपैयाँले  घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज चाँदी एकैदिन तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्