काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज नेपालि बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबारको दिन शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यपनि तोलामा २ सय २५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्