काठमाडौँ । धरानमा हिमालय बैंकबाट एक व्यक्ति ठगिएको भन्दै विरोध जनाएका छन् । धरान ११ का पूर्ण घिमिरे हिमालय बैंकबाट ठगिएको भन्दै विरोध जनाएका हुन् ।
घिमिरेले अदालतबाट न्याय पाएपनि हिमालय बैंकबाट भने ६३ हजार हालसम्मपनि नपाएको गुनासो गरेका हुन्। उनले हिमालय बैंकबाट आफु ठगिएको भन्दै सार्वजनिक स्थलमा पोस्टरमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै खाताबाट रकम अनधिकृत रूपमा काटिएको र ऋण तथा ब्याजसम्बन्धी समस्याहरू भोग्नु परेको दाबी समेत गरेका छन्।
साथै, उक्त पोस्टर मार्फत उनले ‘हिमालयन बैंकले फेरि नागरिकको खाताको पैसा लुट्यो’ भन्ने आरोप लगाएका छन् । सेवाग्राहीले पटक-पटक बैंकमा सम्पर्क गर्दा पनि उचित समाधान नपाएको भन्दै नियामक निकायसँग छानबिनको माग गरेका छन् । त्यस्तै उनले आवश्यक प्रमाण उपलब्ध गराउन तयार रहेको समेत उल्लेख गरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्