काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको राेमाञ्चक जित निकालेकाे छ।
जितका लागि १८७ रनकाे बिशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे । जसमा कप्तान साेमपाल कामीले अर्धशतकीय पारी खेल्दै ६२ रनकाे याेगदान गरे।विराटनगरका एन्जलाे म्याथाेजले ३ विकेट लिए।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङकाे निम्तो दिएकाे विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायाे।
जसमा लाेकेश बमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८७ रन बनाए। उनी अर्धशतक बनाउने चाैथाे खेलाडी समेत बने। यस्तै एन्जलाे माथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनकाे याेगदान गरे।
कर्णालीका कप्तान साेमपाल कामी एक्लैले ४ विकेट हात पारे।
कर्णालीकाे याे दाेस्राे जित हाे भने विराटनगरकाे दाेस्राे हार हाे।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्