काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले उनलाई नियुक्त गरेका हुन् ।
यसअघी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रहेका श्रेष्ठ हाल प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
कार्यकारी निर्देशकमा यसअघि हितेन्द्र देव शाक्य रहेका थिए । शाक्य सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम स्वत: पदमुक्तमा परेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्