Skip to content

बिहिबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्