Skip to content

एसईईको नतिजा दुई दिनभित्र सार्वजनिक हुने

nmb bank inside

काठमाडौँ। माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने गरि तयारि गरेको हो।

परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसवर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

 

 

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्