काठमाडौँ। सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको उक्त निर्णयमाथि रोक लगाउँदै अल्पकालीन आदेश जारी गरेको हो।
विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णयविरुद्ध आठ विद्यार्थी संगठनले संयुक्त रूपमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अर्को आदेश नभएसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतले यस विषयमा अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे अन्तिम निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ।यो संगै तत्कालका लागि विद्यार्थी संगठनहरू खारेज नहुने भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्