काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको बताएकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभई निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको धारणा राखिन् ।
उनले भनिन्,‘लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र होइन् । यो निरन्तर संवादको अभ्यास हो । त्यसैले यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउनु उहाँको उपस्थिति खोज्नु उहाँको केवल अनुहार हेर्नको लागि होइन् । उहाँबाट जवाफदेहीता खोजेका हौं ।’
ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली सदनबाट बाहिरिँदा आफूहरूले स्वीकार गरेको उल्लेख गर्दै दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित गएकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।
उनले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी प्रश्न उठाउँदा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देश र जनतालाई जवाफ दिने गरेको टिप्पणी समेत गरिन् । प्रधानमन्त्री सदनप्रति अनिच्छुकभएको र संसदीय अभ्यासप्रति उत्तरदायी बन्न नखोजेको उनको आरोप छ ।
उनले भनिन्,‘पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली जानुभयो हामीले स्वीकार गरेका थियौं । दोस्रो अधिवेशन सुरु भयो नीति तथा कार्यक्रम त्यो उहाँको कार्यक्रम हो । उहाँले अपनत्व नलिईकन कार्यक्रमकोबीचमा उठेर जानुभयो । उहाँको केही बाध्यताहरु पनि थिए होलान । हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का प्रश्न उठाउँछौं प्रधानमन्त्री ज्यू आफ्नो सामाजिक सञ्जालमा देश र जनतालाई जवाफ दिनुहुन्छ । सायद प्रधानमन्त्री ज्यू यो सदनप्रति अनइच्छुक हुनुहुन्छ । संसदीय अभ्यासप्रति उत्तरदायी बन्न खोज्नुभएको छैन् । उहाँको आवाज एउटा दिशा बन्छ भनेर हामीले खोजेका हौं ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्