काठमाडौँ । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
गत चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व सङ्कलन भएकामा वैशाखमा देशभरका मालपोत कार्यालयले कूल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ बराबरको राजस्व सङ्कलन गरेका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट रु ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट रु तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७, पूँजीगत लाभकरबाट रु दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ सङ्कलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ४८ लाख ७८ हजार तीन सय १८ सङ्कलन भएको छ ।
यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत रु ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१, रजिष्ट्रेशन दस्तुरबाट रु तीन अर्ब २२ करोड ८४ लाख ६० हजार पाँच सय ६२ सङ्कलन भएको थियो । यस्तै, पुँजीगतलाभकर वापत रु दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ सङ्कलन भएको थियो ।
मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ६२ लाख ९९ हजार सात सय ८० बराबरको रकम सङ्कलन भएको विभागले जनाएको छ ।
त्यस्तै, गत फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार, गत माघमा भने रु पाँच अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ बराबरको राजस्व सङ्कलन भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्