Skip to content

प्रतिनिधिसभामा छिट्टै प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छः सभामुख अर्याल

nmb bank inside
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह छिट्टै सदनमा आउने तयारीमा रहेको जानकारी गराएका छन् ।सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थिति र जवाफको लगातार माग गरेपछि सभामुख आर्यालले आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री शाह सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरेका हुन् ।
उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री शाह आउने मिति तय गर्ने बताएका छन् ।
सभामुख अर्यालले कानुन निर्माणका प्रक्रियामा धेरै काम बाँकी रहेकाले सदनमा अवरोध नगर्न विपक्षी दलका सांसदलाई आग्रह गरेका छन् ।
यसअघि बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले एक साताभित्र प्रधानमन्त्री शाह सदनमा आउने अवगत गराएका थिए ।
dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्