काठमाडौँ । छायाँदेवी कम्प्लेक्स (छायाँ सेन्टर) को जग्गाले ५ वर्षअघि नै ‘क्लिन चिट’ पाएको खुलाशा भएको छ । जबरजस्ती विवादमा तानिएको छायाँदेवी कम्प्लेक्सको जग्गालाई सिंहसार्थ वाहु गरुड भगवान गुठीले उक्त जग्गामा कुनै विवाद नभएको भन्दै २०७७ सालमै ‘क्लिन चिट’ दिएको खुलाशा भएको हो।
गुठीले २०७७ असोज २७ गते पत्र काट्दै छायाँ सेन्टरको जग्गामा कुनै विवाद नभएको स्पष्ट पारेको थियो ।
२०४७ साल चैत १४ गते उक्त छायाँ सेन्टर निर्माण भएको जग्गाका कित्ताहरु अम्बिका राणा तथा शंकर प्रसाद शाहको नाममा गुठी रैतानी भई जग्गा धनी पूर्जा बनेको थियो ।
त्यस्तै, २०४७ माघ १८ गते उक्त जग्गाका कित्ताहरु राणा र शाहको नाममा रैतानी गर्ने निर्णय गरिएको थियो । तर, उक्त निर्णय बदर गर्दै गुठी संस्थानले २०४७ चैत १४ गते पुनः अर्को निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध राणाले पुनरावेदन अदालत पाटनमा मुद्दा हालेकी थिइन् ।
सो मुद्दामा अदालतले गुठी संस्थानको पहिलो निर्णयलाई नै कायम राख्दै संस्थानको पछिल्लो निर्णय बदर गरिदिएको थियो ।
पुनरावेदन अदालतको उक्त फैसलाविरुद्ध गुठीका गुठियार थकालीहरु राणाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा छुट्टै मुद्दा दायर गरेका थिए । सोही मुद्दाको सुनुवाइका क्रममा जिल्ला अदालतले दुवै पक्षबीच २०६२ असार १६ गते मिलापत्र गरेको थियो । त्यसयता उक्त जग्गामा कुनै विवाद नभएको भन्दै गुठीले २०७७ असोज २७ गते छायाँदेवी कम्प्लेक्सलाई ‘क्लिन चिट’ दिएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्