Skip to content

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

nmb bank inside

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न परिषद्, बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको हो ।

सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले १० दिन भित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन पेश गर्नु पर्ने सूचनामा उल्लेख छ । यसअघि मन्त्रालयले वैशाख २२ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएका रिक्त पदहरूमा नियुक्तिका लागि आवेदन प्रक्रिया सुरु गरिएको जनाएको छ ।

नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, सदस्य, रजिस्ट्रार, उपाध्यक्ष तथा सदस्य सचिवलगायतका पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सदस्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा सदस्य, र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्