Skip to content

सोमबार सुनको मूल्य घट्दा, चाँदीको बढ्यो

nmb bank inside

काठमाडौँ । सोमबार नेपालि बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । यो संगै आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्