Skip to content

बिहिबार पनि ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँले घटेको हो । यो गिरावट सँगै आज सुन प्रतितोला दुई लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा  ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्