काठमाडौँ । केहिदिन देखि लगातार घटिरहेको सुनको मूल्य शुक्रबार भने बढेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
यो सँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि १ सय ९० रुपैयाँले बढेको छ। यो सँगै आज नेपालि बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्