Skip to content

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा सीमा समस्याका विषय नउठाएकोमा आपत्ति, चीन भ्रमणामा जाँदा उक्त विषय उठाउन माग

nmb bank inside

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणामा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझावदिएकी छिन् । परराष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उनले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रुपमा राख्न सचेत गराएकी हुन्  ।

शुक्रवार प्रतिनिधि सभा बेठकमा बोल्दै प्रमुख सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भिर्यतालाई नबुझेको जिकिर गरिन । उनले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरुले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताइन् ।

प्रमुख सचेतक ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भन्नेकुरा सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कुटनीति संवाद गर्नुपर्ने बताएकी छिन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्