काठमाडौँ। कुखुराको अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अण्डाको मुल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो ।
योसँगै नयाँ मूल्य अनुसार एक्सएल अण्डा प्रतिक्रेट ५ सय ७५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५ सय ६० रुपैयाँ र मिडियम अण्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ कायम भएको छ । त्यस्तै, सानो अण्डाको मूल्यमा भने प्रतिपेटी २ सय रुपैयाँ वृद्धि भई ३ हजार २ सय पुगेको छ ।
यसअघि सानो अण्डा प्रतिपेटी ३ हजार रुपैयाँ थियो । प्रतिगोटा अण्डाको मूल्य भने २५ रुपैयाँ तोकिएको संघले जनाएको छ ।
संघले सम्पूर्ण व्यवसायी, फार्म सञ्चालक तथा सरोकारवालालाई नयाँ मूल्य अनुसार नै कारोबार अघि बढाउन आग्रह गरेको छ ।