Skip to content

बाँदर धपाउने क्रममा लडेर रामेछापमा एक किसान गम्भीर घाइते

nmb bank inside

काठमाडौँ । रामेछापमा बाँदर धपाउने क्रममा लडेर एक किसान गम्भीर घाइते भएका छन् । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीस्थित सानिबेसीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा स्थानीय ठेटबहादुर खत्री लडेर गम्भीर घाइते भएका हुन्।

 स्थानीयका अनुसार घाइते खत्रीलाई प्रारम्भिक उपचारका लागि मन्थली अस्पताल लगिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको छ।

पछिल्ला वर्षहरूमा बाँदरको बढ्दो उपद्रोका कारण त्यहाँका स्थानीयहरूले खेतबारीनै बाझो राख्न थालेका छन्। बाँदर नियन्त्रणका लागि मन्थली–८ चिसापानीमा केही महिनाअघि स्थानीयको अग्रसरतामा ‘बाँदर नियन्त्रण समिति’ गठन गरिएको थियो।समितिले बाँदर समात्नेलाई प्रोत्साहन स्वरूप प्रति बाँदर एक हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था समेत गरेको छ।

गाउँमा लगाइने मकै, कोदो, आलुलगायतका बाली बाँदरले नष्ट गर्न थालेपछि धेरै किसान खेतीपातीबाटै विस्थापित हुन थालेका छन्। बाली लगाउने मौसममा समेत उत्पादनभन्दा बाली जोगाउने चिन्ता बढ्दै गएकाले अहिले बाँदर नियन्त्रण रामेछापका ग्रामीण भेगका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्