Skip to content

मंगलबार बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

nmb bank inside

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो । यो संगै आज चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्