Skip to content

वीर अस्पतालमा २४ घण्टा ड्युटीपछि आवासीय चिकित्सकले छुट्टी पाउने

nmb bank inside

काठमाडौँ। वीर अस्पतालले आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूलाई २४ घण्टा ड्युटी गरेपछि अनिवार्य रूपमा बिदा दिन निर्देशन जारी गरेको छ।वीर अस्पतालले रिपत्र जारी गर्दै रेजिडेन्ट (डाक्टर)हरूलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिन परिपत्र गरेको हो ।

हाल प्रशिक्षार्थी चिकित्सकहरू इन्टर्न र रेजिडेन्टले आफुहरुको बिभिन्न माग सहित आन्दोलन गरिरहेका छन् । नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने उनीहरुको माग  छ ।

हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभर टाइम) भत्ता उपलब्ध गराइनुपर्ने पनि उनीहरूको माग छ ।

आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरुको सोहि मागलाई ध्यानमा राखेर वीर अस्पतालले यस्तो निर्णय गरेको हो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्