काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै पीडित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको भन्दै बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनरत विद्यार्थिहरुले नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको बताएका छन् । रिटोटलिङ र रिचेकिङको शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको उनीहरुको भनाई छ ।
सहभागी विद्यार्थीहरुले नतिजाप्रति असन्तुष्टि जनाउँदै गर्दा यसको जवाफ सरकारले नदिएको भन्दै जवाफ माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्