Skip to content

आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । यो संगै आज सुन प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्