काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो।
यो संगै आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबारको दिन सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्