२०८२/०८३ मा उच्च अदालत जनकपुरद्वारा ७०.८८ प्रतिसत मुद्दा फैसला
जनकपुर । उच्च अदालत जनकपुरले २०८२/०८३ मा जम्मा ७०.८८ प्रतिसत मुद्दा फैसला गर्न सफल भएको छ ।
बुधबार पत्रकारसम्मेलन गर्दै उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण कुँवरले आर्थिक वर्ष २०८२/०८३ मा अदालतबाट भएका कार्यसम्पादन बारे जानकारी गराएका छन् ।
सो क्रममा उनले वर्ष भरिको तथ्यांक प्रस्तुत गर्दै वार्षिक लक्ष्य अनुसार १०१.६० प्रतिसत मुद्दा फैसला गर्न सफल भएको जानकारी दिए ।
उनका अनुसार यस अवधिमा जम्मा ४,५४६ वटा मुद्दा फैसला गर्ने लक्ष्य रहेकोमा जम्मा मुद्दा फैसला भएको संख्या ४,६१९ रहेको छ । यस अवधिमा विगतका २ वर्ष नाघेका बाँकी मुद्दाहरु सबै फैसला भएको छ । २०८२/०८३ मा जम्मा ६,५१६ वटा मुद्दा दर्ता भएकोमा ४,६१९ वटा मुद्दा फैसला भएको हो । आब फैसला हुन बाँकी रहेको मुद्दाको संख्या १,८९७ रहेको छ ।
गत ५ वर्षको तुलनात्मक अवस्था हेर्दा उच्च अदालत जनकपुरले आर्थिक वर्ष ०७८/०७९ मा ४९.१५ प्रतिसत मुद्दाहरुको फैसला गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ४४.१७ प्रतिसत मुद्दाको फैसला भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढि ७१.१३ प्रतिसत मुद्दाको फैसला भएको थियो । यता, आर्थिक वर्ष २०८१/०८२ मा जम्मा ६६.०५ प्रतिसत मुद्दाको फैसला भएको थियो भने २०८२/०८३ मा ७०.८८ प्रतिसत मुद्दाको फैसला भएको हो ।
उच्च अदालत जनकपुरले प्रविधिको प्रयोगमा जोड दिएकोले मुद्दाहरुको फैसला पहिले भन्दा तीव्र गतिमा हुन लागेको मुख्य न्यायाधिश कुँवरले जानकारी दिए । उनले इजलासको प्रत्यक्ष प्रसारण युटुबमार्फत गर्ने गरेकोमा केही गुनासोहरु आउने गरेकोले सम्बन्धित मुद्दाका व्यक्ति तथा वकिलको अनुमति लिएर मात्र प्रत्यक्ष प्रसारण गरिने गरेको प्रष्ट पारे ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्