काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक बस्दै छ । शुक्रबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ। बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धमा विषय विज्ञ, संस्कृति मन्त्रालय, आदिवासी जनजाति आयोग तथा यूनेस्को नेपालका प्रतिनिधिसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको दुई वटा बैठक तय गरिएको छ। बिहान ९ः३० बजे बस्ने पहिलो बैठकमा वन तथा वातावरण मन्त्रालयको कार्यप्रगति, आगामी कार्ययोजना तथा वन–पर्यावरण क्षेत्रका गतिविधिबारे छलफल हुनेछ।
त्यसैगरी, दिउँसो १२ बजे बस्ने दोस्रो बैठकमा रासायनिक मलको खरिद, आयात, मौज्दात, वितरण अवस्था तथा आगामी आपूर्ति रणनीति सम्बन्धमा समीक्षा गरिनेछ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय समावेशी आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्